सुर्खेत । भारतीय पूर्वप्रधानमन्त्री तथा कांग्रेसका दिग्गज नेता डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा विहिबार निधन भएको छ । उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए ।
पूर्वप्रधानमन्त्री सिंहको बिहिबार राती ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिंहलाई भारतीय अर्थतन्त्रको विकास र भारतको अर्थ नीतिमा ठूलो छाप छोडेको र प्रधानमन्त्रीको रुपमा भारतीय जनताको जीवनस्तर उकास्नको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिको रूपमा चिनिन्छ ।