नेपाल विद्यार्थी संघ, मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । विश्वविद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन गरिएको हो ।

 

रक्तदान कार्यक्रम आयोजना गरि रगतको अभाव पुर्तिमा सहयोग पुग्ने र मानवीय कार्यमा युवाहरुलाई उत्प्रेरित गर्न मद्दत पुग्ने कार्यक्रम संयोजक शिवराज शर्माले जानकारी दिए ।

 

रक्तदान कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी, नेपाल तरुण दलका नेता कार्यकर्ता, नेविसंघका नेता कार्यकर्ता लगायत सयौंको संख्यामा उत्साहपूर्ण सहभागिता थियो । ३० जना युवाबाट संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, सुर्खेत पाइएको छ ।

 

नेपाल विद्यार्थी संघ, मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखिनै विद्यार्थीहरुको हितमा विभिन्न कामहरु गर्दै आएको छ ।

तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय