
मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिद्वारा आयोजित नवनिर्वाचित स्व.वि.यु पदाधिकारीहरुलाई बधाई, शुभकामना, प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आज मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभाहलमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूको प्रमुख आतिथ्यता एवं स्ववियु निर्वाचन समितिका संयोजक सह-प्रा. दिपेन्द्र थापाज्यूको अध्यक्षता, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारी / प्रतिनिधि तथा विद्यार्थीहरुको उपस्थितिमा निर्वाचित स्व.वि.यु. पदाधिकारीहरुलाई बधाई, शुभकामना, प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम तथा विशिष्ट अतिथि एवं रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले नवनिर्वाचित स्व.वि.यु. पदाधिकारीहरुलाई खादा सहित प्रमाणपत्र प्रदान गरेका थिए भने उपकुलपतिज्यूले समग्र विश्वविद्यालय र विद्यार्थीको हितमा कार्य गर्न सफथ ग्रहण गराउनु भएको थियो ।