
नेताहरूले जीवन र जगतलाई लिएर बक्वास गर्छन्,
जनताहरूले उनैको बिचारमा सधैंभरी आस गर्छन्।
प्रकृती सुन्दरताले भरिएको हाम्रो स्वर्ग तुल्य देशमा,
के छैन भनौं त कुना कुनामा फेरिपनि उपहास गर्छन्।
छिमेकी आ गरी बसेका हुन्छन् मौकाको तलासमा,
दलालहरू उनैको इसारामा सम्पत्ती वाइपास गर्छन्।
संसारमा नेता अरू केही नभएपनि देशभक्त देख्छौं,
हाम्रो देशमा सडक हौस् वा सदन सधैं तमास गर्छन्।
साथी मलाई यो सहर देख्दा एउटा नमूना लाग्छ यहाँ,
आफ्नो जन्मभूमिलाई कति धेरै माया खास गर्छन्।
छर्लङ्गै छ साहित्यिक सफरले जुटाएको प्रेमको कथा,
साहित्यिक पाटोमा नै सच्चा देशभक्तिले बास गर्छन्।