कर्णाली प्रदेश सरकारले २०८१ कार्तिक १ गते विहिबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्र पूर्णिमा) को अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकार (मन्त्रीपरिषद्) बाट मिति २०८१ बैशाख १७ गते उक्त निर्णय भएको हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना प्रकाशित गरेको छ ।