पर्यटकीय स्थलको रुपमा निकै चर्चामा आएको दाङको तुल्सिपुर उप-महानगरपालिका-१४ मा रहेको हात्ती ढुङ्गा आज बिहान भत्किएको छ ! माटोको ढिक्का माथी ठूलो ढुङ्गा छ कसरी अडिएको पर्यटन भित्र्याउन मन लोभ्याउने ढुङ्गा धेरैले हात्ती ढुङ्गा भनेर चिन्दछन ।
स्थानीयको अनुसार धार्मिक कथन पनि जोडिएको छ ,परापुर्बकालमा पाँच पान्डब एक रात बास बसेको किम्बदन्ती पनि छ, भने टाढा बाट हेर्दा शिव लिङ्ग जस्तो देखिने यो ढुङ्गालाई शिव लिङ्ग ठानेर पुजा पनि गर्ने गरेको पाइन्छ! बर्षौ पुरानो ढुङ्गा आज अविरल बर्षा सङै भत्किएको हो ।