पछिल्लो २४ घण्टामा देशभर थप ३३६५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको परिक्षण गरिएकोमा पिसिआर विधिबाट २३३५ र एन्टिजेन विधिबाट १०३० गरी ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
त्यस्तै बिहिबार १३ सय ७३ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन भने सोहि समयमा १६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआरबाट गरिएको परिक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेनबाट ५९३८० जना संक्रमित पुष्टि भइसकेको छ ।
त्यस्तै देशभर कोरोना भाइरसबाट ९ हजार ८०७ जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ