सल्यान,६ साउन । छुट्टाछुट्टै घटनामा परि सल्यानमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार एक बालकको ह:त्या भएको छ भने अर्का एक जना सहचालकको टिप्परले च्याप्दा मृ:त्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ मा दुई बालकको एक आपसमा विवाद हुदा गम्भिर घाईते भएका १३ वर्षीय सन्दिप परियारको उपचारको क्रममा बुधबार बिहान मृ:त्यु भएको छ ।                                                                                                                         उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।गएराती संदिपलाई दाई नाता पर्ने १४ बर्षिय एक बालकले धारिलो बस्तुले प्रहार गर्दा गम्भिर घाईते भएका थिए । उनीहरु भाईभाईका छोराहरु हुन् ।
टिप्परले च्याप्दा सहचालकको मृत्यु
सल्यानमा टिप्परले च्याप्दा सहचालकको मृ:त्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको टिप्परको टायर बदल्ने क्रममा च्यापिदा सहचालक कालिमाटी गाउँपालिका २ सिमलकुना बस्ने १९ वर्षीय ज्ञान बहादुर ओलीको घटना स्थलमै मृ:त्यु भएको प्रहरी निरीक्षक पोडेलले जानकारी दिनुभयो ।बुधवार विहान दश बजे गाडीको टायर बदल्ने क्रममा जगले काम नगर्दा ओलीलाई टिप्परले च्यापेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय