साताकाे पहिलाे दिन भारी अंकले बढेकाे नेप्से दाेस्राे दिन भने ओरालाे लागेकाे छ ।

साेमबार नेप्से ४५.०६ अंकले घट्दै २८५४.७७ अंकमा पुगेकाे छ । आज कुनैपनि कम्पनीले सर्किट ब्रेक गर्न नसक्दा ९ अर्बभन्दा बढीकाे काराेबार भएकाे छ ।

कुल २२९ कम्पनीकाे शेयर काराेबार हुँदा ९ अर्ब ९८ कराेड २६ हजार ५ सय २६ रूपैयाँकाे काराेबार भएकाे छ । सबैभन्दा बढी निर्धन उत्थान लघुवित्तकाे ४७ कराेड २६ लाख ५२ हजार ९ सय ५२ रूपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै दाेस्राेमा एन आइसि एशिया बैंक र तेस्राेमा राष्ट्रिय बीमा कम्पनी प्राेमाेटर शेयरकाे काराेबार भएकाे छ ।

साेमबार नविल इक्विटी फण्डकाे सबैभन्दा धेरै १९ लाख ८७ हजार ६ सय ९ कित्ता शेयर काराेबार भएकाे छ । सबैभन्दा धेरै शेयर ट्रान्जेक्सन भने इन्फ्रास्ट्रक्चर बैंककाे १३७५ वटा रहेकाे छ ।

साेमबार सबैभन्दा बढी कमाउने कम्पनीहरू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय