चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान सवा ६ बजे खोप नेपाल ल्याइपुर्याएको हो।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। जसमध्ये पहिलो खेपमा ८ लाख डोज खोप आएको हो।
अब बाँकी अन्य उडानमार्फत ल्याइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिएका छन्। साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
ती खोप ३ प्रदेशमा लैजाने तयारी भएको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ। जसअनुसार पोखरा, हेटौडा र बुटवलमा शुक्रबार नै पुर्याइनेछ। तर खोप कुन उमेर समूहका लागि दिने भन्नेबारे निर्णय भइसकेको छैन। विज्ञहरुले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन्।Ò