बैंकिङ खबर/चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ रहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार जेठ अन्तिमसम्ममा बैंकहरुले उक्त रकम बराबरको नाफा कमाएका हुन्।
राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमा चालु आवको जेठ मसान्तसम्म आइपूग्दा १४.७४ प्रतिशत अर्थात् ८ अर्ब १ करोड ९ लाख रुपैयाँ थप गरेको छ । गत असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ ।
यस्तै दोस्रोमा कुमारी बैंक र तेस्रोमा मेगा बैंकको खुद नाफा वृद्धिदर बढी रहेको छ । गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा प्रभु बैंकको ८१.६४ प्रतिशतले र सबैभन्दा थोरै लक्ष्मी बैंकको ०.५४ प्रतिशतले वृद्धि भएको हो ।
हेर्नुहोस् कुन बैंकले कति कमाए ?
प्रभु बैंकः चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा बढाउने प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुगदा ८१.६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
कुमारी बैंकः बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ७१.२५ प्रतिशतले वृद्धि गरेर २ अर्ब १० करोड ५ लाख रुपैयाँ कायम गर्न बैंक सफल भएको छ ।
मेगा बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ६२.९२ प्रतिशतले वृद्धि गरी २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ ।
नेपाल बंगलादेश बैकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म बैंकले ६०.३४ प्रतिशतले थप गरी १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।
सिटिजन्स बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५७.८१ प्रतिशतले वृद्धि गरी १ अर्ब ७६ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।
प्राइम बैंकः गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म ४९.५६ प्रतिशत वृद्धि गरी बैंकले खुद नाफा ३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ कायम गरेको छ ।
ग्लोबल आइएमई बैंकः गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३९.४५ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३० करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।
माछापुच्छ्रे बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३४.१० प्रतिशतले वृद्धि गरी १ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकः गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.८० प्रतिशतले वृद्धि गरी ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।
सानिमा बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.५३ प्रतिशतले वृद्धि गरी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।
सिभिल बैंकः गत आवको असार मसान्तसम्म बैंकले ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.७७ प्रतिशतले वृद्धि गरी ६० करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।
एनएमबि बैंकः गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.२९ प्रतिशतले वृद्धि गरी २ अर्ब ९८ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।
सिद्धार्थ बैंकः गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २८.४७ प्रतिशतले वृद्धि गरी २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
नबिल बैंकः गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २४.२४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४३ करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।
एनसीसी बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २२.५३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।
एनआइसी एशिया बैंकः गत आवको असार मसान्तसम्म बैंक ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १७.५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।
बैंक अफ काठमाण्डूः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ १५.३५ प्रतिशतले वृद्धि गरी १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।
नेपाल बैंकः गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म १०.१३ प्रतिशतले वृद्धि गरी २ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।
सनराइज बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५.०३ प्रतिशतले थप गरी १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
लक्ष्मी बैंकः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म अइपुग्दा ०.५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।