सल्यान ,असार २०। लघु उधम बिकाश कार्यक्रम (MEDPA) अन्तरगत बागचौर नगरपालिकाले आईतवार एक औपचारिक कार्यक्रमका साथ ८० जना उध्यमीलाईलाई प्रबिधि एबंम प्रमाण पत्र हस्तान्तरण गरेको छ। गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम MEDPA अन्तरगत बाग्चौर नगरपालिकाले बागचौर नगर भित्रका ८० जना लघु उधमीहरुलाई ब्यबसायीक उधममी बनाउनको लागि सिलाईकटाई सम्बन्धीका १० जना उधमीलाई सिलाई मेसिन ५ वटा,आइरन २ वटा,कैँची १० वटा,व्यावसायिक तरकारी खेतीका १६ जनालाई १६ वटा प्लास्टिक टनेल,१६ वटा हजारी,४ वटा स्प्रेयर टंकी,बिउँबिजन,बाख्रा पालनका ३९ उधमीहरुलाई बाख्रालाई घाँस खुवाउने ३९ वटा फलामको टाँट्ना,बाख्राका लागि बिटामीन ३९ वटा,बिद्धुत वाईरिंङका ९ जना उधमीलाई ९ वटा मिटर बक्स,९ वटा म्यान स्विच,९ वटा ह्यम्बर,पिलास ९ वटा,बटाई पालनका ६ जना उधमीहरुलाई ६ वटा आधुनिक बटाई खोर हस्तान्तरण गरेको छ, यश अगि नै ८० जना उधमीलाई प्राबिधिक शिप बिकास तालिम प्रदान गरीसकेको उक्त कार्यक्रमले आगामी दिनमा थप उत्पादकत्व अभिबृद्धी गर्नको लागि एड्भान्स तथा पुनर्ताजगी सीप बिकास तालिम प्रदान गर्ने र सहकारी तथा लगुबित्तिय कर्जा पुर्याउनको लागि सहकारी संस्था तथा लघुबित्त संग पहुँच पुर्याउने साथै उत्पादनलाई बजारीकरण गर्नको लागि ब्यपारी र लघु उधमी बिच समन्वय अगाडि बढाउने,व्यावसायिक दर्ताको लागि सहजीकरण गर्ने ,लघु उधमी दिगो ओअनको लागि लेभलिंङ,प्याकेजिङ,ट्रेड मार्क,खाद्य गुण परिक्षणको लागि सहजीकरण गर्ने,व्यावसायिक परामर्शको लागि तत्पर रहने तथा थप प्रबिधि हस्तान्तरण गर्ने उदेश्य राखेको छ।
कार्यक्रममा बोल्दै नगर उप-प्रमुख कल्पना पुनले नगरपालिकाले हरेक बर्ष यस्तै सीप र प्रबिधि नगरपालिकाले बनाईरहेको र आफुहरुले सिकेको सिपलाई जिबन्त अगाडि बढाईरहन अपिल गरेकी हुन्।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमकका,सभाध्यक्ष एबंम नगर प्रमुख लोकमान बुढाथोकीले आफुहरुले सिकेको सीप बाट आफुहरु आत्म निर्भर हुनु र,आगमी दिनमा पनि नगरपालिकाको तर्फबाट यस्ता सीप एबंम प्रबिधिमा विशेष जोड दिने बताएका छन।
उक्त कार्यक्रमको बारेमा जानकारी एबंम स्वागत मन्तब्य दिदैं लघु उधम बिकास बरिस्ठ सहजकर्ता सोभाराम खड्का(समीर) ले अझै पनि यो कार्यक्रमले उधमीहरुका लागि धेरै अवसरहरु
बताएकाछन्।
कार्यक्रमलाई भब्य एबंम सभ्य तरिकाले सम्पन्न गर्नलाई सहजीकरण गर्दै,बागचौर नगरपालिकाका सामाजिक शाखाका कर्मचारी डिल्ली घर्तीले संचालकको भुमिका निर्भाह गरेका थिए। स्रोत: salyanpress