तुलसीपुर,१९ असार ।
दाङमा संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार हिजोको तुलनामा आज संक्रिय संक्रमितको संख्या बढेको हो । जसअनुसार हिजो १ सय ४० सक्रिय संक्रमित रहेकोमा आज बढेर १ सय ५३ जना पुगेको कन्ेद्रले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार १ सय जनाको कोरोना परिक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा घोराहीका २९ जना, तुलसीपुरका ५, लमहिका ३, गढवाका र बबईका १/१, राजपुर र राप्तीका २/ २ जना रहेका छन् । यो संंगै वैशाखयता संक्रमित हुनेको कुल संख्या ८ हजार १ सय १५ जना रहेको केन्द्रले जनाएको छ ।
जिल्लामा बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । वैशाखयता २ सय ४ जनाको संक्रमणबाट मृत्यु भएको केन्द्रले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा ३० जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा घोराहीका १६ जना, तुलसीपुरका ७, लमहिका २, राप्तीका ३, बंगलाचुलीका र शान्तिनगरका १/१ जना रहेका छन् । यो संगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५८ जना रहेका छन् ।