सल्यान ,१८असार
बागचौर नगरपालिका वडा नं.५ मा,नगरपालिकाको आयोजनामा विरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । आ.व.०७७/०७८ को कार्यक्रम अनुसार बागचौर नगरपालिका वडा नं.५ का कृषक हरुलाई कागती (आठ हजार दुई सय चालिस) वटा र टिमुर ( चौद हजार) वटा विरुवा वितरण गरिएको हो। वितरण कार्यक्रममा,५ नं.वडाका वडाध्यक्ष विक्रम रावत, बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी.,योजना शाखामा कार्यरत कर्मचारी डिल्ली घर्ती, ने.क.पा. माओवादी प्रदेश कमिटी सदस्य कृति बहादुर पुन,वडा सदस्यहरु नेत्र बहादुर दमाई, लक्ष्मी सुनार लगायतको उपस्थिति रहेको थियो । विरुवा वितरण ,५ नं. वडाका करिब ५०० भन्दा बढी कृषकहरुलाई गरिएको छ । यसरी आफुहरुले यहाँका किसान दाजुभाइ तथा दिदिबहिनीहरुलाई विरुवा वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै अनुदान कार्यक्रमको लागि सहयोग गरेकोमा बागचौर नगरपालिकालाई धन्यवाद दिदै यहाँको भुगोल अनुसार कागती र टिमुरको लागि उचित ठाउँ भएकोले यि जातका विरुवाहरु कृषकहरुलाई निशुल्क वितरण गरिएको अध्यक्ष रावतले बताउनु भयो। उहाका अनुसार विरुवाहरुलाई राम्रोसँग स्याहारसुसार एवम् मलजल गरि विरुवाबाट उत्पादन समेत बढाएको देख्न अनि सुन्न पाईयोस भनि यहि अपेक्षा अनुरुप विरुवा लगाउन समेत अनुरोध गरिएको छ।