सल्यान,२५ असार 

सल्यानको बागचौर नगरपालिकाले वडानं.७ का करिव ४ सय ५० जना किसान लाई बिरुवा बितरण गरेको छ ।  बागचौर नगरपालिकाको आ.व.०७७/०७८ को कार्यक्रम अनुसार वडा नं.७ का कृषक हरुलाई कागती, टिमुर, अाप र अंगुर लगएतका विरुवा वितरण गरेको बागचौर नगरपालिका सल्यानले जनाएको छ ।                                                                                              शुक्रबार भएको बिरुवा बितरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष शेरबहादुर घर्तीले वडाका किसानहरुलाई नगरको अनुदानमा बिरुवा बितरण गर्न पाउँदा आफुलाई खुसी लागेको बताएका छन् ।उनले सात नम्बर वडा को भुमि कृषि गर्न उचित भएको भन्दै आगामी दिनहरुमा ब्यवसायीक कृषि गर्न तिर जनतालाई लाग्न अनुरोध गरेका थिय ।                                                                                                      कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले सरकार सधै जनताको पक्षमा हुने गरेको बताएका छ्न ।उनले जनताका समस्याहरु समाधान हुने किसिमका कार्यक्रम ल्याउनु आफुहरुको प्रमुख कर्तव्य भएको बताएका हुन । बिरुवा बितरण कार्यक्रममा वडा नं.७ का वडा सदस्य ओमकार   वली बागचौर नगरपालिका सामाजिक शाखा प्रमुख डिल्ली घर्ती, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय